छानबिन समितिको कार्यादेशमा फेरि सहमति खोज्ने प्रयास-Sutra News

छानबिन समितिको कार्यादेशमा फेरि सहमति खोज्ने प्रयास

बिहिबार, १० जेष्ठ २०८१

बिहिबार, १० जेष्ठ २०८१
फाइल तस्बिर

काठमाडौं । सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठन गरिने भनिएको संसदीय छानबिन समिति कार्यादेश टुंगो लगाउन नसक्दा अन्योलमा छ । दलहरुबीच कार्यादेशको विषयलाई लिएर किचलो बढ्दो छ ।



पछिल्ला दिनहरुमा कार्यादेशको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षीबीच दुरी बढेको पनि देखिन्छ ।

तथापि, दलहरु मध्यमार्गी बाटो खोज्द भने प्रयत्नरत देखिएका छन् । करिब भङ्ग हुने अवस्थामा पुगेको सहमतिलाई थाँती राख्दै कार्यादेश टूंग्याउने प्रयासमा दलहरु देखिएका छन् ।

चरम विवादपछि बिहीबार पुनः सहमति खोज्ने प्रयासस्वरुप दलहरु छलफलमा जुटेका हुन् । सिंहदरबारस्थित कानुन मन्त्रालयमा कार्यदलको बैठक बसेको छ ।

नेताहरुले छानबिन समितिको क्षेत्राधिकार र कार्यादेशबारे आज टुंगो लगाउन सकिने बताएका छन् ।

नेकपा एमालेका नेता एवम् कानुनमन्त्री पदम गिरीको नेतृत्वमा गठित कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट