यस्तो छ दयाहाङको ‘गाउँ आएको बाटो’को ट्रेलर-Sutra News

यस्तो छ दयाहाङको ‘गाउँ आएको बाटो’को ट्रेलर

बिहिबार, १० जेष्ठ २०८१

बिहिबार, १० जेष्ठ २०८१

काठमाडौं । आगामी जेठ २५ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक भएको छ । नवीन सुब्बा निर्देशित फिल्मको ट्रेलरले एक परिवारको जीवन्त कथा भनेको छ ।



यस फिल्मले एक विकट गाउँमा सडक आएपछि आउने उतार-चढावलाई चित्रण गर्छ। राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको फिल्मको ट्रेलरमा सडकले केही लिएर आउँछ, केही दिन्छ र लगेर पनि जान्छ भन्ने सन्देश बुझएको छ ।

जसमा घर चलाउन दुख संघर्ष गरिरहेको एक जनाले गाउँमा गाडी आएपछिको खुशीसँगै आर्थिक समस्यामा परेको पारिवरिक परिस्थितिको कथालाई समेटिएको छ । साथै, गाउँमा गाडी आएपछि बाबु र छोराको सम्बन्धमा उत्पन्न हुने परिस्थितिलाई समेत देखाइएको छ।

‘गाउँ आएको बाटो’ विश्वको प्रतिष्ठित मानिने टोरोन्ट, बुसान, मुम्बईलगायत फिल्म फेस्टिभलहरूमा प्रिमियर भइसकेको छ । यो फिल्म हालै स्विडेनको ‘एजियास्टिका फिल्म फेस्टिभल’मा छनोट भएको थियो । नेपालबाट एजियास्टिकामा पहिलो पटक नेपाली फिल्मले प्रवेश पाएको हो ।

फिल्ममा अभिनेता दयाहाङ राई, अभिनेत्री पशुपति राई र बाल कलाकार प्रशान राई मुख्य भूमिकामा छन् । खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम, सुमित्रा राई, राज थापा र प्रेम सुब्बालगायतको पनि अभिनय रहेको छ । फिल्ममा अमोद राई र नबिन सुब्बाको लगानी छ ।

फिल्मका कार्यकारी निर्माता सञ्जु राई, देवराज राई, नारहाङ राई, भीम राई हुन् । महेश राइको कथा रहेको फिल्ममा नबिन सुब्बा र महेशले मिलेर पटकथा लेखेका छन् । यस फिल्मलाई अमेरिकी छायाँकार मार्किन कापरोनले फिल्मको छायांकन गरेका हुन् । फिल्ममा क्वान पुन लेङ्गको सम्पादन, हेइडी लिको संगीत छ ।

फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सीज इन्टरटेन्मेन्टले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट