अनमोललाई प्रश्न – तपाईंको जीवनको ‘बलन्डर मिस्टेक’ के हो ?-Sutra News

अनमोललाई प्रश्न – तपाईंको जीवनको ‘बलन्डर मिस्टेक’ के हो ?

बिहिबार, १० जेष्ठ २०८१

बिहिबार, १० जेष्ठ २०८१

काठमाडाैं । फिल्म ‘छड्के २.०’ को असफलताबाट विक्षिप्त बनेका अनमोल केसी एक वर्षपछि फेरि ‘फर्की फर्की’बाट पर्दामा फर्कीएका छन् । बुद्ध जयन्तीको बिदाको अवसर पारेर आजबाट प्रदर्शनमा आएको फिल्मको बुधबार साँझ राजधानीमा भव्य प्रिमियरको आयोजना गरिएको थियो ।



कमलपोखरीस्थित बिग मुभिजमा आयोजना भएको प्रिमियरमा फिल्म हेर्न काठमाडौँका मेयर बालेन शाह देखि फिल्मकर्मी, पत्रकार, सञ्चारकर्मी तथा प्रतिष्ठित व्यक्तिको बाक्लो उपस्थिति थियो । तीन वटा हल पुरै बुक गरेर आयोजना गरिएको प्रिमियरमा उपस्थित अधिकांश अनमोलको करिअरकै उत्कृष्ट फिल्म र अभिनय भन्दै तारिफ गरेका छन् ।

प्रिमियर पश्चात अनमोल केसीले आफ्नो जीवनको ठूलो गल्तीको बारेमा स्वीकार गरेका छन् । फिल्म ‘फर्की फर्की’मा जति गल्ती गर्दा पनि सुधार गर्न पाउने भगवान् बनेका अनमोललाई प्रिमियरमा पत्रकारले तपाईँको जीवनको सबैभन्दा ठूलो गल्ती के हो ? भनेर प्रश्न गरेका थिए ।

जसको जवाफमा अनमोलले सबैले नराम्रो भन्दा पनि चुप लागेर बस्नु नै आफ्नो गल्ती भएको बताएका छन् । उनले भनेका छन्, ‘सायद सबै चिजलाई पोजेटिभिटिले लिएर अगाडि बढ्छु, सबै जनाले मेरो बारेमा नराम्रो भन्दा पनि म चुप लागेर बस्छु, यही नै होला मेरो मिस्टेक।’

अनमोलले यसो भन्दा सबैले सहमति जनाउँदै हुटिङ गर्दै ताली बजाएका थिए । उसो त उनले केही दिन अघि मात्र एक मिडियासँग कुरा गर्ने क्रममा आफ्नो करिअर सखाप पार्न यो सब षड्यन्त्र गरिँदैछ भनेका थिए । विगतको समयमा जसले जे भने पनि चुपचाप बस्ने रुचाउने उनी अब भने आफ्नो लागि आवाज उठाउन थालेको देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट