शाहरुख खान अस्पतालमा भर्ना-Sutra News

शाहरुख खान अस्पतालमा भर्ना

बिहिबार, १० जेष्ठ २०८१

बिहिबार, १० जेष्ठ २०८१

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानलाई हिट-स्ट्रोक ‘लू’ भएपछि अहमदाबादको एक अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्य बिग्रिएपछि शाहरुखलाई अहमदाबादको केडी अस्पताल लगिएको थियो, जहाँ उनको स्वास्थ्य परीक्षण गरिएको थियो। अब अभिनेताको स्वास्थ्यसँग सम्बन्धित नयाँ जानकारी बाहिर आएको छ ।



गर्मीको कारण शरीरमा तरल पदार्थको कमी भएपछि उनलाई बुधबार बेलुका अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अभिनेता अस्पतालबाट डिस्चार्ज भएको खबर आएपनि अहिले भने किङ खान अस्पतालमा उपचाररत रहेको र अहिलेसम्म डिस्चार्ज नभएको जानकारी आएको छ । हिट-स्ट्रोकबाट पीडित शाहरुख अहमदाबादको एक अस्पतालमा उपचार गराइरहेका छन्, बिहीबार अर्थात् आज डिस्चार्ज हुने सम्भावना छ, एक प्रहरी अधिकारीले भने।

अस्पतालले भने शाहरुख खानको स्वास्थ्य अवस्थाबारे अहिलेसम्म कुनै वक्तव्य जारी गरेको छैन । उनी मंगलबार नरेन्द्र मोदी स्टेडियममा कोलकाता नाइट राइडर्स (केकेआर) टोलीको इन्डियन प्रिमियर लिग (आईपीएल) खेलमा सहभागी हुन अहमदाबाद गएका थिए। गुजरातका धेरै भागहरू विगत केही दिनदेखि अत्यधिक गर्मीको चपेटामा छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट