राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल नियुक्त-Sutra News

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल नियुक्त

बिहिबार, १० जेष्ठ २०८१

बिहिबार, १० जेष्ठ २०८१

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले खनाललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव हेमराज खरेलले जानकारी दिए ।



उनका अनुसार खनाल चार वर्षका लागि बैंकको सीईओमा नियुक्त भएका हुन् ।

खनाल यसअघि डेपुटी सीईओकाे जिम्मेवारीमा थिए । वि.सं २०६४ भदौमा बैंकमा आवद्ध भएका खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् ।

सीईओका लागि २० जनाले आवेदन दिएका थिए । जसमध्येबाट पाँच जनाको नाम ‘सर्टलिस्ट’ मा राखेको थियो । सर्ट लिस्टमा पर्नेहरूमा खनालसहित कृष्णबहादुर अधिकारी, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी थिए ।

बैंकका तत्कालीन सीईओ किरणकुमार श्रेष्ठले दुई कार्यकाल पूरा गरेर चैत २०८० मा बाहिरिएपछि पद रिक्त भएको थियो । श्रेष्ठ बाहिरिएपछि खनालले कामु सीईओको जिम्मेवारी समेत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट