एनएसकेए कराँते हुने, १५ औँ पटक पनि च्याम्पियन हुने दाउमा नेपाल-Sutra News

एनएसकेए कराँते हुने, १५ औँ पटक पनि च्याम्पियन हुने दाउमा नेपाल

बिहिबार, १० जेष्ठ २०८१

बिहिबार, १० जेष्ठ २०८१

काठमाडाैं । जेठ १० देखि १३ गतेसम्म १५औँ एनएसकेए इन्टरनेसनल कराँते च्याम्पियनसिप तथा बागमती प्रदेश ओपन कराँते च्याम्पियनसिप आयोजना हुने भएको छ। प्रतियोगिता नेपाल सोतोकान कराँते संघले आयोजना गरेको हो।



नेपाललगायत ६ राष्ट्रको सहभागिता रहने च्याम्पियनसिपमा कुल आठ सय खेलाडीको सहभागिता रहने जनाइएको छ । कुल ३२ लाख अनुमानित बजेट रहेको प्रतियोगितामा भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, भुटानको सहभागिता निश्चित भइसकेको छ।

उमेर समूहतर्फ ११ स्पर्धामा तथा तौल समूहमा २९ प्रतिस्पर्धा हुने यो प्रतियोगितामा ४० स्वर्ण, ४० रजत तथा ८४ कास्य पदकको छिनोफानो हुनेछ।

अहिलेसम्म भएका १४ संस्करणमा १४ वटैमा आयोजक नेपाल टिम च्याम्पियन बन्न सफल भएको छ। यस पटक पनि सही इतिहासलाई नेपाल टिमले निरन्तरता दिनेमा आफूहरू पूर्ण आशावादी रहेको आयोजकको भनाइ छ।

प्रतियोगिताअघि बिहीबार र शुक्रवार राखेप कभर्ड हलमै प्रथम वाग्मती प्रदेश खुला कराँते प्रतियोगिता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट