‘वेलकम-३’ बाट बाहिरिए सञ्जय दत्त, १५ दिनको सुटिङ सकेर किन लिए यस्तो निर्णय ?-Sutra News

‘वेलकम-३’ बाट बाहिरिए सञ्जय दत्त, १५ दिनको सुटिङ सकेर किन लिए यस्तो निर्णय ?

बिहिबार, १० जेष्ठ २०८१

बिहिबार, १० जेष्ठ २०८१

काठमाडाैं । बलिउड अभिनेता सञ्जय दत्त फिल्म ‘वेलकम’ फ्रेन्चाइजको तेस्रो फिल्म ‘वेलकम टु द जंगल’को हिस्सा नबन्ने भएका छन् ।  उनी अक्षय कुमार, दिशा पटानी, ज्याकलिन फर्नान्डिस स्टारर फिल्म ‘वेलकम टु द जंगल’बाट बाहिरिएका हुन् ।



सञ्जय दत्तले केही समयअघि फिल्मको सुटिङ मड आइल्याण्डमा सुरु गरेका थिए । उनले १५ दिनको सुटिङ सुरु गरिसकेको तर, स्वास्थ्य समस्याका कारण फिल्म छाडेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

सञ्जय फिल्म ‘वेलकम टु द जङ्गल’लाई लिएर उत्साहित थिए र सुटिङ पनि सुरु गरिसकेका थिए। मड आइल्याण्डमा एक दिनको छायांकन पूरा गरेपछि दुर्भाग्यवश उनले निर्देशकलाई जारी राख्न नसक्ने बताएका थिए।  केही एक्सन दृश्यहरु रहेकाले सञ्जयले स्वास्थ्य समस्याका कारण उक्त एक्सन गर्न नसक्ने भएपछि छाडेको उल्लेख गरिएको छ ।

रिपोर्टका अनुसार अहिले निर्माताहरु अन्योलमा छन् । सञ्जय दत्तलाई लिएर खिचेका सिन फिल्ममा राख्ने कि नयाँ कलाकारलाई लिएर फेरि सबै दृश्य खिच्ने भन्ने विषयमा निर्णय गर्न सकेका छैनन् । उनीसँग खिचेका दृश्यलाई फिल्ममा राख्नुपर्ने र कथामा अलिकति परिवर्तन गर्नुपर्नेमा अहिले धेरैजसोको सहमति भएको बताइएको छ । तर, अहिलेसम्म केही टुंगो लागेको छैन ।

डिसेम्बर २०२३ मा, अक्षय कुमारले आफ्नो आधिकारिक इन्स्टाग्राम ह्यान्डल मार्फत फिल्म ‘वेलकम टु द जंगल’को घोषणा गरेका थिए । फिल्मको पोष्टर पनि सार्वजनिक भइसकेको छ, जसमा स्टारकास्ट देखिएका छन् ।

अहमद खानको निर्देशन रहने फिल्ममा अक्षय कुमार, सुनील शेट्टी, अरशद वारसी, दिशा पटानी, ज्याकलिन फर्नान्डिस, रविना टण्डन, लारा दत्त, राजपाल यादवको मुख्य भूमिका रहेको छ । फिल्म २०२४ को क्रिसमसमा रिलिज हुने बताइएको छ ।

यता, सञ्जय दत्त तेलुगु फिल्म ‘डबल स्मार्ट’, कन्नड फिल्म ‘केडी-द डेभिल’, पंजाबी फिल्म ‘शेरन दी कम पंजाबी’ र हिन्दी फिल्म ‘बाप’मा काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट