फेरि घट्न थाल्यो सुनको मूल्य-Sutra News

फेरि घट्न थाल्यो सुनको मूल्य

बिहिबार, १० जेष्ठ २०८१

बिहिबार, १० जेष्ठ २०८१

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि घटेको छ । निरन्तर रेकर्ड राख्नेगरी बढिरहेको सुनको मूल्य केही दिनयता घट्न थालेको हो ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन बुधबारको तुलनामा तोलामै १८ सय रुपैयाँले घटेको छ । महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य एक लाख ३८ हजार ७ सय रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य एक लाख ३८ हजार ५० रुपैयाँ कायम भएको छ ।

सुनको मूल्य भइरहेको घटबढको प्रभाव चाँदीको मूल्यमा पनि देखिएको छ । महासंघका अनुसार सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि घटेको छ ।

बुधबारको तुलनामा ३५ रुपैयाँले घट्दै बिहीबार चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा भइरहेको मूल्य घटबढको प्रभाव स्थानीय बजारमा परेको महासंघले जनाएको छ । घटबढसँगै खरिद–बिक्री पनि प्रभावित भएको महासंघको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट