बेलायती प्रधानमन्त्री ऋषि सुनकद्वारा संसद विघटन गर्दै आम निर्वाचनको घोषणा-Sutra News

बेलायती प्रधानमन्त्री ऋषि सुनकद्वारा संसद विघटन गर्दै आम निर्वाचनको घोषणा

बिहिबार, १० जेष्ठ २०८१

बिहिबार, १० जेष्ठ २०८१

काठमाडाैं । बेलायती प्रधानमन्त्री ऋषि सुनकले संसद विघटन गर्दै आम निर्वाचनको मिति घोषणा गरेका छन् । घोषणा अनुसार बेलायतमा जुलाई ४ मा आम निर्वाचन हुँदैछ ।



ऋषि सुनकले मतदातालाई अपिल गर्दै आर्थिक स्थायित्वको लागि चुनाव घोषणा गरेको बताएका छन् ।

सुनकले बुधबार मन्त्रिपरिषद् बैठक बोलाएका थिए, त्यसपछि सुनकले जुलाईमा आम चुनावको घोषणा गर्न सक्ने अनुमान गरिएको थियो र अब ती अनुमानहरू सही साबित भएका छन्।

४४ वर्षीय सुनक बेलायतमा भारतीय मूलका पहिलो प्रधानमन्त्री हुन्। उनले अक्टोबर २०२२ मा पदभार ग्रहण गरेका थिए । जनवरी २०२५ मा यहाँ आम निर्वाचन हुने सम्भावना थियो । सुनकसँग निर्वाचन घोषणा गर्न डिसेम्बरसम्मको समय थियो तर, उनले ७ महिना अगाडि नै घोषणा गरेका हुन् ।

निर्वाचनपूर्वको अनुमानअनुसार अहिले विपक्षी लेबर पार्टी बलियो अवस्थामा रहेको अनुमान गरिएकाे छ भने कन्जरभेटिभ पार्टीको अवस्था नाजुक रहेको बताइएको छ । निर्वाचनको घोषणासँगै लेबर पार्टीले निर्वाचनका लागि पूर्ण तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट