![१० अर्ब बराबरको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक, कसले कसरी खरीद गर्न सक्छन ?](https://www.sutranews.com/wp-content/uploads/2020/09/1600939011-ZGsSM.jpg)
![१० अर्ब बराबरको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक, कसले कसरी खरीद गर्न सक्छन ?](https://www.sutranews.com/wp-content/uploads/2020/09/1600939011-ZGsSM.jpg)
नेपाल राष्ट्र बैंकले रू. १० अर्ब बरावरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ ।
सोमबार एक सुचना जारी गर्दै बैंकले १० अर्ब बरावरको विकास ऋणपत्र निष्कासन गर्ने बताएको हो ।
बैंकले ६ वर्ष अवधिको विकास ऋणपत्र २०८४ (च) नामको ऋणपत्र निष्कासन गर्न लागेको हो । उक्त ऋणपत्रमा अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुनेछ ।
ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरीद गर्न सक्नेछन् ।
ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने बैंकले जनाएको छ ।