आज गाईजात्रा पर्व मनाइँदै-Sutra News

आज गाईजात्रा पर्व मनाइँदै

मंगलबार, २० साउन २०७७

मंगलबार, २० साउन २०७७

काठमाडौं–भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ ।



गाईजात्राका अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा दिवंगत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइने गरिन्छ ।

गाईजात्रा पर्व काठमाडौं, ललितपुर, भक्तपुरका साथै काभ्रेपलाञ्चोक, मकवानपुर, सिन्धुपाल्चोक, नुवाकोट, दोलखालगायतका जिल्लामा पनि धुमधामका साथ मनाइन्छ । यसवर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण अघिल्ला वर्षमा जस्तो भिडभाड नगर्न सरकारले आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट