हरिवंश र मनोज गजुरेलले सुरु गरे भर्चुअल माध्यमबाट गाईजात्रा-Sutra News

हरिवंश र मनोज गजुरेलले सुरु गरे भर्चुअल माध्यमबाट गाईजात्रा

आइतबार, १८ साउन २०७७

आइतबार, १८ साउन २०७७

काठमाडौं–कोरोना भाइरसको माहामारीका कारण हाँस्य कलाकारहरूले यसवर्ष भर्चुअल माध्यमबाट गाईजात्रा कार्यक्रम सुरु गरेका छन् ।
दुई दिनअघि हाँस्य कलाकार हरिवंश आचार्यले गाईजात्रा लक्षित ‘तिमी के को जान्ने ?’ बोलको गीत युट्युबबाट सार्वजनिक गरेका छन् ।



उक्त गीतबाट नेपालको समसामयिक तथा राजनीतिक विषयमा व्यङ्ग्य गरिएको छ । आफ्नै शब्द, स्वर र संगीतमा रहेको गीतमा हरिवंशले नेताको भूमिकामा अभिनय गरेका छन् । त्यस्तै शशीकुमार खड्का, किरण तुलाधर, विकास भट्टराई, शुष्मा कार्की लगायतले पनि उक्त भिडियोमा अभिनय गरेका छन् ।

अर्का हाँस्यकलाकार मनोज गजुरेलले पनि आफ्नै निर्देशन तथा निर्माणमा गाईजात्राको कार्यक्रम युट्युबमा सुरु गरेका छन् । ‘गजुरियल’ युट्युब च्यानलबाट उनका कार्यक्रम प्रसारण भइरहेका छन् ।

‘आईएमई ७७ सालको गाई जात्रा’ नाम दिइएको उक्त कार्यक्रमको तीन भाग प्रसारण भइसकेको छ । विभिन्न कलाकारहरुले प्रस्तुति दिएको उक्त कार्यक्रममा पनि नेपालको समसामयिक, राजनीतिक तथा सामाजिक विषयमाथि व्यङ्ग्य गरिएको छ ।

कोरोना भाइरसको जोखिमका कारण खुला रूपमा गाईजात्रा गर्न नसकेपछि भर्चुअल माध्यमबाट गाईजात्रा मनाउन सुरु गरिएको कार्यक्रमको प्रोमोमा बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट