विद्यालयमा रहेका क्वारेन्टाइन र आइसोलेसन हटाउँदै सरकार-Sutra News

विद्यालयमा रहेका क्वारेन्टाइन र आइसोलेसन हटाउँदै सरकार

शुक्रबार, १६ साउन २०७७

शुक्रबार, १६ साउन २०७७

काठमाडौं–सरकारले नयाँ शैक्षिक शत्रका क्रियाकलाप सञ्चालनका लागि विद्यालयमा रहेका क्वारेन्टाइन र आइसोलेसन हटाउने निर्णय गरेको छ । भदौ १ देखि नयाँ विद्यार्थी भर्ना र कक्षागत रुपमा विद्यार्थीको संख्यात्मक विवरण यकिन गर्दै भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्याङ्क भराउने निर्णयसमेत सरकारले गरेको छ ।



मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै भदौ १ गतेदेखि विद्यार्थी भर्ना, तथ्याङ्क भराउने जस्ता शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए । 

विद्यालयमा रहेका क्वारेन्टाइन र आइसोलेसन हटाएर सो स्थानलाई अध्ययन अध्यापनयोग्य बनाउन निर्मलीकरण गर्नुपर्नेसमेत जनाइएको छ ।

विद्यालयमा विद्यार्थी आवागमनमा प्रतिकूल असर पर्नेगरी क्वारेन्टाइन र आइसोलेन नराख्नसमेत सरकारले आग्रह गरेको छ । यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट