नेप्से ७.५३ अंकले बढ्यो-Sutra News

नेप्से ७.५३ अंकले बढ्यो

बिहिबार, १५ साउन २०७७

बिहिबार, १५ साउन २०७७

काठमाडौं- बिहीबार नेप्से ७.५३ अंकले बढेर १४३९.०६ बिन्दुमा गएर रोकिएको छ। सेयर बजारमा १ अर्ब ३२ करोड रुपैँयाभन्दा धेरैको कारोबार भएको छ। बजारमा आज ३४ लाख ३० हजार ५३२ कित्ता सेयर कारोबार भएको हो।



खरिद-बिक्री भएको सबै समूह उकालो लागेका छन्। सबैभन्दा धेरै जीवन बिमा कम्पनीको सेयर ५५.४९ अंकले बढेको छ। वाणिज्य बैंक समूहको सूचक ५.०३ अंकले बढेको छ। खानी खोला हाइड्रोपावर, आरम्भ चौतारी लघुवित्त, पञ्चकन्या माई हाइड्रोपावरलगायत कम्पनीको भाउमा सर्किट लागेको छ।

सबैभन्दा धेरै घोडीघोडा लघुवित्तको भाउ ९.८५५ ले घटेको छ खरिद-बिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा छ।

यसको २२ करोड ९१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। यसैगरी, नेपाल लाइफ इन्सुरेन्स, एनआइसी एसिया बैंक पनि कारोबारमा दोस्रो र तेस्रो स्थानमा छन्। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट