रञ्जन कोइराला प्रकरणमा प्रधानन्यायाधीशको फैसला पुनरावलोकन हुने-Sutra News

रञ्जन कोइराला प्रकरणमा प्रधानन्यायाधीशको फैसला पुनरावलोकन हुने

आइतबार, ११ साउन २०७७

आइतबार, ११ साउन २०७७

काठमाडौं- सर्वोच्च अदालतले पत्नी हत्यामा दोषी ठहर भएका रञ्जन कोइरालाको जन्मकैद घटाउने आफ्नै फैसला पुनरावलोकन गर्ने भएको छ।



न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासले कोइरालाको जन्मकैदको सजाय ८ वर्ष ६ महीनामा झार्ने सर्वोच्च अदालतको १५ असारको फैसलालाई पुनरावलोकन गर्ने फैसला गरेको हो।

सर्वोच्चको फैसलापछि ८ साउनमा कोइराला डिल्लीबजार कारागारबाट छुटेका थिए। त्यसैदिन महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चको फैसला कानुन र नजीर बिपरीत भएको भन्दै पुनरावलोकनको निवेदन दर्ता गराएको थियो। त्यसपछि आजलाई पेशी तोकिएकोमा तीन न्यायाधीशको पूर्ण इजलासले फैसला पुनरावलोकन गर्ने निर्णय गरेको हो। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट