अजय देवगनको ‘मैदान’ लाई ५० करोड कमाउन मुश्किल-Sutra News

अजय देवगनको ‘मैदान’ लाई ५० करोड कमाउन मुश्किल

बुधबार, ५ बैशाख २०८१

बुधबार, ५ बैशाख २०८१

काठमाडौं । बलिउड अभिनेता अजय देवगनको फिल्म ‘मैदान’ अप्रिल १० बाट प्रदर्शनमा आएको थियो । प्रदर्शनमा आएको एक बितिसक्दा पनि यो फिल्मले बक्स अफिसमा खासै कमाल देखाउन सिकरहेकाे छैन ।



सुरुमा यो फिल्मबाट दर्शकले कुनै अपेक्षा गरेका थिएनन् । जसका कारण फिल्म हलमा दुई दिन पनि टिक्न नसक्ने देखिएको थियो । विशेष गरी, अजय देवगनको उत्कृष्ट अभिनय कारण याे फिल्मले बक्स अफिसमा बिस्तारै कमाइ गरिरहेको छ । मैदान हलमा आएको ७ दिन बितिसकेको छ, र अभफे पिन फिल्मले कमाइको गति बढ्ने आशा गिरएको छ ।

अजय देवगनको मैदानले रिलिजको पाँचौँ दिनमा १.५० करोड भारु कलेक्सन गरेको छ । यो आँकडासँगै फिल्मको पाँच दिनको कमाई २३.५० करोड पुगेको छ । प्रदर्शन भएकाे दिनको कुरा गर्दा मैदानले ११ अप्रिलमा २.६ करोड रुपैयाँ कमाएको थियो। यसपछि यसले १२ अप्रिलमा ४.५ करोड, १३ अप्रिलमा ५.७५ करोड, १४ अप्रिलमा ६.४ करोड र १५ अप्रिलमा १.५० करोड कमाएको थियो।

योसँगै फिल्मले अहिलेसम्म ५० करोडको नजिक पुगेको छैन । तर, विश्वव्यापी सङ्कलनलाई समावेश गर्ने हो भने यो सङ्ख्या केही बढ्न सक्छ । हाल, फिल्मको विश्वव्यापी सङ्कलनको बारेमा कुनै डाटा सार्वजनिक गरिएको छैन।

सुरूवातमा यो फिल्मलाई खेलकुद नाटक भएकाले यसको अनुभूति पनि ‘चक दे ​​इन्डिया’सँग तुलना गरिएको थियो । तर, फिल्म रिलिज भएपछि त्यस हल्ला बारेमा सबै चुप लागे । यो फिल्मबाट अजय देवगनले अभिनयका कारणा फ्यानहरूको मन जितेका छन् ।

अजय देवगन लगातार आठ फिल्मको सिक्वेलमा काम गर्दै

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट