दोस्रो जितको खोजीमा नेपाली टोली, आज कतारसँग भिड्दै-Sutra News

दोस्रो जितको खोजीमा नेपाली टोली, आज कतारसँग भिड्दै

शनिबार, १ बैशाख २०८१

शनिबार, १ बैशाख २०८१

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप टी २० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले शनिबार कतारसँग खेल्दै छ ।



खेल नेपाली समयअनुसार, अपरान्ह ४ः१५ बजे सुरु हुनेछ । प्रिमियर कपको नेपालको यो दोस्रो खेल हो । नेपाली टोली लगातार दोस्रो जितको खोजीमा छ ।

यसअघि शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको थियो । नेपाल प्रतियोगिताको साविक विजेता पनि हो ।

वैशाख ९ गतेसम्म चल्ने प्रिमियर कपमा १० टोलीको सहभागिता रहेको छ । प्रिमियर कपको पहिलो संस्करणको उपाधि नेपालले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट