भारतीय सेनाले दियो भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री-Sutra News

भारतीय सेनाले दियो भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री

बिहिबार, २० कार्तिक २०७७

बिहिबार, २० कार्तिक २०७७

काठमाडौं- भारतीय सेनाले नेपाली सेनालाई केही थान भेन्टिलेटरसहित स्वास्थ्य सामग्री प्रदान गरेको छ ।नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले बिहीबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।



उनले सैनिक मुख्यालयमा भएको कार्यक्रममा उनले भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । केही भेन्टिलेटरसहित दुईवटा फिल्ड अस्पताल स्थापनाका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री भारतीय सेनाले प्रदान गरेको हो ।

नरवणेले भारत सरकारको तर्फबाट एक्सरे मेसिन, रेडियोग्राफी सिस्टम, आइसीयू भेन्टिलेटर भिडियो इन्डोस्कोपी युनिट, एनेस्थेसिया मेसिन, प्रयोगशालाका सामग्रहरु, एम्बुलेन्ससहितका सामग्री प्रदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट