भारतमा ६२ हजारभन्दा बढी मानिस कोरोना संक्रमित-Sutra News

भारतमा ६२ हजारभन्दा बढी मानिस कोरोना संक्रमित

शुक्रबार, २३ साउन २०७७

शुक्रबार, २३ साउन २०७७

काठमाडौं–भारतमा पछिल्लो २४ घण्टामा ६२ हजारभन्दा बढी मानिस कोरोना संक्रमित भएका छन्। शुक्रबार बिहानसम्म भारतमा थप ६२ हजार १७० जना संक्रमित भएका छन्। यो संख्यासँगै भारत भारतमा कोरोना संक्रमितको संख्या २० लाख २५ हजार ४०९ पुगेको छ।



संक्रमितमध्ये अहिलेसम्म १३ लाख ७७ हजार ३८४ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ६ हजार ३८७ जनाको उपचार भइरहेको छ। कोरोना संक्रमणकै कारण पछिल्लो २४ घण्टामा ८९९ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४१ हजार ६३८ पुगेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट