भारतको कोरोना विशेष अस्पतालमा आगलागी, ८ जनाको मृत्यु-Sutra News

भारतको कोरोना विशेष अस्पतालमा आगलागी, ८ जनाको मृत्यु

बिहिबार, २२ साउन २०७७

बिहिबार, २२ साउन २०७७

काठमाडौं–भारत गुजरातको अहमदावादस्थित कोरोना विशेष अस्पतालमा आगलागी भएको छ । आगलागी हुँदा ८ जना बिरामीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुने मध्ये तीनजना महिला रहेका छन् ।



नवरंगापुर क्षेत्रमा रहेको श्रेय अस्पतालमा बिहीबार बिहान करिब तीन बजेतिर विद्युत सट सर्किटका कारण आगलागी भएको स्थानीय अधिकारीले बताएका छन् । एक घण्टाभित्रै आगो नियन्त्रणमा लिइएको भए पनि भागदौडका कारण ८ जनाको मृत्यु भएको स्थानीय अधिकारीको भनाइ छ । 

आगलागीपछि सो अस्पतालमा रहेका ४० जना संक्रमितलाई नजिकैको अर्को अस्पतालमा सारिएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट