लेबनानको राजधानीमा बेइरुतमा विष्फोट हुँदा ७० जनाको मृत्यु-Sutra News

लेबनानको राजधानीमा बेइरुतमा विष्फोट हुँदा ७० जनाको मृत्यु

बुधबार, २१ साउन २०७७

बुधबार, २१ साउन २०७७

एजेन्सी–लेबनानको राजधानी बेइरुतमा विष्फोट भएको छ । विष्फोटमा परी ७० भन्दा बढीले ज्यान गुमाएका छन् । एउटा गोदाममा ६ वर्षदेखि राखिएको विष्फोटक पदार्थ विष्फोट भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।



राष्ट्रपति मीसेल आउनले आफ्नो ट्वीटमा २७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रूपमा राखिनु ‘अस्वीकार्य”रहेको बताएका छन् ।’ बीबीसीका अनुसार अमोनियम नाइट्रेटविष्फोटन हुन सक्ने गुण भएको रसायन हो। अस्पतालहरू भरिएका छन् भने कैयौँ भवनहरू ध्वस्त भएका छन्।

प्रधानमन्त्री हासान डीयाबले उक्त घटनालाई विपत्तिको संज्ञा दिँदै दोषीहरूलाई जबाफदेही बनाइनुपर्ने बताएका छन्। उनले ‘खतरनाक गोदाम’ बारे चर्चा गरेका छन् जुन सन् २०१४ देखि त्यहाँ रहेको बताइएको छ। स्थानीय सञ्चार माध्यमहरूले मानिसहरू भग्नावशेषमा च्यापिएको देखाइरहेका छन्।

सन् २००५ मा भएको पूर्व प्रधानमन्त्री रफिक हरिरिको हत्याको मुद्दामा फैसला आउनु केही समय अगाडि उक्त ठूलोविष्फोटन भएको हो। पछिल्लो समय लेबननमा राजनीतिक अस्थिरता देखिएको छ । सन् १९७५ देखि ११९० सम्म चलेको गृहयुद्धपछिको सबैभन्दा खराब आर्थिक संकट  व्यवस्थापनमा सरकारी भूमिका विरुद्ध त्यहाँ प्रदर्शन भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट