ओलीलाई प्रचण्ड-खनालको प्रश्न– ‘कमिसन एजेन्ट’लाई किन सिइओ नियुक्त गरेको ?-Sutra News

ओलीलाई प्रचण्ड-खनालको प्रश्न– ‘कमिसन एजेन्ट’लाई किन सिइओ नियुक्त गरेको ?

मंगलबार, २० साउन २०७७

मंगलबार, २० साउन २०७७

काठमाडौँ- लागनी बोर्डमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तिबारे बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले कडा प्रश्नको समाना गर्नु परेको छ।



मंगलबार साँझतिर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता झलनाथ खनालसँगको भेट लगानी बोर्डको सिइओमा सुशील भट्टको नियुक्तलाई लिएर बालुवाटारको माहोल तानवपूर्ण बनेको थियो ।

नेकपा स्रोतले सूत्र न्यूजलाई दिएको जानकारीअनुसार ५ बजे बालुवाटार पुगेका प्रचण्ड र खनालले सुरुमै प्रधानमन्त्री ओलीलाई कडा प्रश्न सोधेका थिए ।

‘कमिसनका एजेन्ट अनि १२ वटा आयोजनामा बदनाम भएको मान्छेलाई तपाईँले सिइयो नियुक्त किन गर्नुभयो ?,’ ओलीलाई दुई नेताको पहिलो प्रश्न थियो।

ओलीमाथि नेताद्वयको दोस्रो कडा प्रश्न थियो– पार्टीमा कुनै परामर्श, निर्णय नभइ तपाईँले एक्लै गर्ने ? यी दुई वटै प्रश्नको जवाफ ओलीले खासै तर्कपूर्णरुपमा दिन सकेनन्।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भट्टलाई लगानी बोर्डको सिइओमा नियुक्त गरेको थियो। उनको नियुक्ति विवादित बनेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट