आयल निगमको जिम्मेवारी फेरबदलसहित देशभरका डिपो प्रमुखहरुको सरुवा-Sutra News

आयल निगमको जिम्मेवारी फेरबदलसहित देशभरका डिपो प्रमुखहरुको सरुवा

मंगलबार, २० साउन २०७७

मंगलबार, २० साउन २०७७

काठमाडौं- नेपाल आयल निगमको देशभरका प्रादेशिक, शाखा र केन्द्रीय कार्यालयका कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। कर्मचारी प्रशासन विनियमावलीअनुसार लामो समय एउटै विभागमा कार्यरत तथा कम्तिमा एक वर्ष प्रमुखको जिम्मेवारीमा रहेकाहरुको सरुवा गरिएको निगमले प्रवत्ता बिनितमणि उपाध्यायले बताए।



काफ्ले निगमको आन्तरिक नियन्त्रण तथा नियमन शाखामा थिए। इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभाग प्रमुख पूर्णप्रसाद रिजाललाई प्रशासन विभागको जिम्मेवारी तोकिएको छ। उनको ठाउँमा विराटनगर प्रादेशिक डिपो प्रमुख अशोक शाहलाई ल्याइएको छ।

वीरेन्द्र गोइतलाई आन्तरिक नियन्त्रण तथा नियमन शाखाको जिम्मेवारी दिइएको छ। यस्तै एलपिजी ग्यास तथा एभिएसन विभाग प्रमुख निर्देशक दीपक बराललाई वितरण विभाग प्रमुख बनाइएको छ भने उनको ठाउँमा नेत्र काफ्लेलाई ल्याइएको छ।

प्रदेश एक वितरण डिपो विराटनगरको प्रमुखमा नकुल भण्डारीको सरुवा भएको छ। प्रदेश ५ नम्बर प्रादेशिक कार्यालय भैरहवा प्रमुखमा प्रलयंकर आचार्यको सरुवा भएको छ भने भैरहवाका कार्यालय प्रमुख सुरज शाहलाई केन्द्रीय कार्यालयको गुणस्तर नियमन विभागमा पदस्थापन गरिएको छ।

अमलेखगन्ज, बागमती प्रदेश इन्धन डिपो, थानकोट डिपो प्रमुख प्रदीप यादव, गण्डकी प्रादेशिक कार्यालय, कास्की पोखरा र प्रदेश दुई डिपो महेन्द्रनगरका प्रमुखको भने सरुवा भएको छैन।

नेपालगन्ज डिपो प्रमुखमा कमला न्यौपानेको सरुवा भएको छ। उनी यसअघि केन्द्रीय कार्यालयमा थिइन्। प्रादेशिक कार्यालय सुर्खेतका प्रमुखमा शिवराज भण्डारीको सरुवा भएको छ।

त्यहाँ कार्यरत दीपक घिमिरेको प्रधान कार्यालय आएका छन्। यस्तै ७ नम्बर प्रादेशिक डिपो धनगढीमा सीतारञ्जन दासलाई पठाइएको छ भने सो कार्यलयमा रहेका सर्पराज शर्मा भैरहवा सरुवा भएका छन्। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट