फुटबलमा नयाँ नियम, विपक्षी खेलाडी सामुन्ने खोके ‘रेड कार्ड’ !-Sutra News

फुटबलमा नयाँ नियम, विपक्षी खेलाडी सामुन्ने खोके ‘रेड कार्ड’ !

मंगलबार, २० साउन २०७७

मंगलबार, २० साउन २०७७

काठमाडौं–कोरोना भाइरसको माहामारीका कारण अन्तर्राष्ट्रिय फुटबल एशोसिएशन बोर्ड (आईएफएबी) ले नयाँ नियम बनाएको छ । कुनै पनि खेलाडीले जानाजान विपक्षी खेलाडीको सामुन्ने खोकेमा रातो कार्ड दिन पाउने नियम आईएफएबीले बनाएको हो । 



खेलमा विपक्षी खेलाडीमाथि जानाजान वा उद्देश्यपूर्व कुनै पनि खेलाडीले खोकेमा उसलाई ‘अपमानजनक वा आपत्तिजनक भाषा वा इरासा’ प्रयोग गरिएको मानिने छ । 

आईएफबीका अनुसार यी कार्यहरू भएमा रेफ्रीले रातो कार्ड दिन पाउने छन् । ‘भुलवस वा अन्जानमा यस्तो हुँदा र दुई खेलाडीबीच दुरी कायम भएको बेला रेफ्रीले केही गर्न पाउने छैन,’ आईएफएबीले भनेको छ,‘तर दुई खेलाडी बिचमा दुरी पनि कायम छैन । र, जानाजान खोकेको पाएमा रेफ्रीले प्रतिक्रिया दिनुपर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट