अमेरिकी अभिनेता विलफर्ड ब्रिम्लेको निधन-Sutra News

अमेरिकी अभिनेता विलफर्ड ब्रिम्लेको निधन

मंगलबार, २० साउन २०७७

मंगलबार, २० साउन २०७७

काठमाडौं–अमेरिकी अभिनेता विलफर्ड ब्रिम्लेको निधन भएको छ । ८५ वर्षको उमेरमा गत शनिबार उनको अमेरिकाको उटाह् हस्पिटलमा निधन भएको हो ।



चर्चित सिनेमा ‘कोकून’, ‘द नेचुरल’, ‘द फ्रिम’ लगायतका विभिन्न सिनेमामार्फत् निकै चर्चा कमाएका ब्रिम्ले पछिल्लो समय विभिन्न रोगबाट ग्रसित रहेको उनकी म्यानेजर लिन्डा बेन्स्कीले जानकारी दिएकी छिन् ।

‘कोकून’मा गरेको अभियनका कारण निकै चर्चा पाएका ब्रिम्लेले आफ्नो जीवनमा ४० भन्दा बढि सिनेमामा काम गरेका छन् भने कैयौं टेलिभिजन शोहरुमा पनि सक्रिय रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट