भारतमा १८ लाख बढी कोरोना संक्रमित-Sutra News

भारतमा १८ लाख बढी कोरोना संक्रमित

मंगलबार, २० साउन २०७७

मंगलबार, २० साउन २०७७

काठमाडौं–विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट संक्रमित हुनेको संख्या भारतमा १८ लाख ५५ हजार पुगेको छ । मंगलबार विहानसम्म ५० हजार ६२९ जना संक्रमित भएका छन् ।



योसँगै भारतमा कोरोना संक्रमितको संख्या १८ लाख ५५ हजार ३३१ पुगेको छ ।

हप्ता दिनमा भारतमा दुई लाखका दरले संक्रमित थपिएका छन् । संक्रमितमध्ये अहिलेसम्म १२ लाख ३० हजार ४४० जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ८५ हजार ९२० जनाको उपचार भइरहेको छ ।

वर्ल्डोमिटर्सका अनुसार कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ८१० जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको ३८ हजार ९७१ पुगेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट