सुशान्तले आत्महत्याअघि ‘पेनलेस डेथ’ बारे गुगल सर्च गरेको खुलासा-Sutra News

सुशान्तले आत्महत्याअघि ‘पेनलेस डेथ’ बारे गुगल सर्च गरेको खुलासा

सोमबार, १९ साउन २०७७

सोमबार, १९ साउन २०७७

काठमाडौैं– केही समयअघि आत्महत्या गरेका भारतीय अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको बारेमा मुम्बई पुलिसका कमिस्नरले आधिकारिक विज्ञप्ती जारि गरेका छन् ।



मुम्बई पुलिसका कमिस्नर परमबिर सिंहले सोमबार सुशान्त सिंह राजपुतको मृत्युको बारेमा भईरहेको अनुसन्धानलाई लिएर आधिकारिक विज्ञप्ती जारी गरेका हुन् ।

पछिल्लो विज्ञप्तीमा प्रहरीले सुशान्तको आत्महत्याअघि गुगलमा ‘पेनलेस डेथ’को बारेमा खोजिएको बताईएको छ । विज्ञप्तीमा भनिएअनुसार सुशान्तले आत्महत्या गर्नुअघि गुगलमा कसरी पिडा बिना मर्न सकिन्छ भन्ने बारेमा खोजिएको खुलासा भएको छ ।

सुशान्त सिंहलाई गत १४ मा मुम्बईस्थित उनकै अपार्टमेन्टमा आत्महत्या गरेको अवस्थामा फेला परेका थिए । उनलाई आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थामा फेला पारिएको थियो । उनको मृत्युसँगै मम्बई प्रहरीले आत्महत्यालाई लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट