

काठमाडौं–ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट संक्रमित हुनेको संख्या २७ लाख नाघेको छ । आइतबार एकै दिन २४ हजार ८०१ जना संक्रमित थपिएर २७ लाख ३३ हजार ६७७ पुगेको हो ।
ब्राजिलमा पछिल्लो २४ घण्टामा थप ५१४ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९४ हजार १३० पुगेको छ ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा १८ लाख ८४ हजार ५१ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ५५ हजार ४९६ जनाको उपचार भइरहेको छ ।