नेप्से ४२.७८ अंकले घट्यो-Sutra News

नेप्से ४२.७८ अंकले घट्यो

आइतबार, १८ साउन २०७७

आइतबार, १८ साउन २०७७

काठमाडौं- हप्ताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ। लगडाउन खुलेको केही समयसम्म सकारात्मक सर्किट लाग्ने गरेको सेयर बजार अघिल्लो दिनहरुमा भने सामान्य घटबढ भइरहेको छ।



सेयर बजार तलमाथि हुनु यसको विशेषता नै हो। आर्थिक वर्ष २०७७–७८ को मौद्रिक नीतिले पनि सेयर बजारको लागि राम्रो नीति तथा कार्यक्रमहरु ल्याएको थियो। जसका कारण सेयर बजारमा सकारात्मक माहोल बनेको थियो।

अन्य ब्यापार व्यवसायमा मन्दी छाएका कारण सेयर बजारमा लगानी कर्ताहरु झुम्मिएका थिय। तर अहिले सेयर बजार स्थिर भएको छ। कहिले सामान्यरुपमा बढ्ने सेयर बजार कहिले सामान्यरुपमा घट्को पनि छ।

आइतबार नेप्से ४२.७८ अंकले घटरे १३९६.२८ बिन्दुमा पुगेको छ। यसदिन बजारमा एक अर्ब ८४ करोड १२ लाख ४२ हजार ३३२ रुपैयाँको कारोबार भएको छ। यता ४६ लाख ६१ हजार ६० कित्ता सेयर कारोबार भएको छ।

नेप्सेमा गिरावट आएको भए पनि आइतबार ३ वटा कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ। आज आराम्भ चौतारी लघुवित्त वित्तिय संस्था, अजोड इन्सुरेन्स र नेपाल फाइनान्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

यता, जोशी हाइड्रोपावर, ओरियन्टल होटेल लगायतका कम्पनीको सेयर भाउ सबैभन्दा धेरैले घटेको छ। खरिद-बिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी सबैभन्दा अगाडि छ। यसको २२ करोडभन्दा बढीको कारोबार भएको छ। यसैगरी, नेपाल लाइफ इन्सुरेन्स र एनएमबि बैंक पनि धेरै कारोबार हुनेमा क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट