सुन प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार-Sutra News

सुन प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार

आइतबार, १८ साउन २०७७

आइतबार, १८ साउन २०७७

काठमाडौं–सुनको मूल्य आइतबार पनि बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेर ९९ हजार छ सय रुपैयाँ कायम भएको छ । शुक्रबार प्रतितोला ९९ हजार तीन सयमा रुपैयाँमा कारोबार भएको थियो ।



यस्तै, तेजावी सुनको मूल्य पनि ३०५ रुपैयाँले बढेर ९९ हजार १६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यसको मूल्य ९८ हजार ८६५ रुपैयाँ रहेको थियो ।

चाँदीको मूल्यमा पनि ३० रुपैयाँले बढेर १२ सय ३० पुगेको छ । अघिल्लो दिन यसको मूल्य १२ सय रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट