परमिताले रुँदै भनिन्, ‘मलाई माफ गर्नुहोला, म त्यस्तो मान्छे होइन’-Sutra News

परमिताले रुँदै भनिन्, ‘मलाई माफ गर्नुहोला, म त्यस्तो मान्छे होइन’

आइतबार, १८ साउन २०७७

आइतबार, १८ साउन २०७७

काठमाडौं–अभिनेत्री परमिता आरएल राणाले दुर्घटनाको विषयमा पुनः माफि मागेकी छिन् । उनी सवार कारले गत मंसिर २८ गते बुढाानिलकण्ठमा लीला देवकोटालाई ठक्कर दिएको थियो । दुर्घटनामा देवकोटाको ज्यान गएको थियो ।



उनी अघिल्लो रात ठमेलमा समय बिताएर भोलिपल्ट विहान शिवपुरीबाट फर्किने क्रममा भएको दुर्घटना भएको थियो । परमिता सवार उक्त कार भने पृथ्वी मल्ले चलाएका थिए । इन्स्टाग्राममार्फत् माफि माग्दै उनले उक्त घटनाबाट आफू दुखित भएको बताएकी छिन् ।

इन्स्टाग्राममा भिडियो राख्दै उनले उक्त दिन भएको घटना अञ्जानमा भएको र आफूलाई त्यस घटनाले अझैं सताउने बताएकी छिन् । उनले भनेकी छिन्, ‘त्यो हाम्रै गल्ती थियो । हामी त्यसरी जानु हुँदैन थियो । हामीबाट ठूलो गल्ती भएको छ ।’

आफूमाथि गरिएका टिप्पणीलाई लिएर उनले भिडियोमा रूँदै माफि मागेकी छिन् । उनले भिडियोसँगै लेखेकी छिन्, ‘त्यो घटनापछि मलाई धेरैले साथ दिनुभएको छ ।’

उनले टिकटकमा आफूले राखेको एक भिडियोमा जनाएको प्रतिक्रियालाई लिएर माफि पनि मागेकी छिन् । उनले भनेकी छिन्, ‘मेरो भिडियोमा कमेन्ट देखेपछि मैले बच्चाको पारामा एकदमै रिस उठेर त्यो कमेन्टको रिप्लाई गरेको थिएँ । मैले अति भएर त्यो कमेन्ट लेखेको थिएँ । तर,मैले त्यो लेखेको एक मिनेटमा नै त्यो कमेन्ट हटाएँ ।’

आफूले उक्त कमेन्ट आवेशमा आएर गरेको र त्यसमा आफ्नै गल्ती भएको बताएकी छिन् । उनले रूँदै भनेकी छिन्, ‘यो म होइन । मेरो परिवारले दानवलाई हुर्काएको थिएन । मलाई माफ गर्नुहोला । म यस्तो मान्छे नै होइन् ।’

आफूलाई लगातार नकरात्मक र उक्त दुर्घटनाको सम्झाउने कमेन्ट आइराख्दा त्यस्तो लेख्न पुगेको उनले बताएकी छिन् । उनले भनेकी छिन्, ‘म यस्तो मान्छे होइन । मलाई माफि दिनुहोला ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट