आर्सनललाई एफए कपको उपाधि-Sutra News

आर्सनललाई एफए कपको उपाधि

आइतबार, १८ साउन २०७७

आइतबार, १८ साउन २०७७

एजेन्सी–आर्सनलले १४औँ पटक एफए कप फुटबलको उपाधि जीतेको छ । शनिबार राति वेम्बलीमा भएको फाइनल खेलमा आर्सनलले चेल्सीलाई २–१ गोल अन्तरले पराजित गर्दै १४औँ पटक उपाधि जितेको हो । पेरिक एम्रकी आबुमियाङ २ गोल निर्णायक भएको थियो ।



१० खेलाडीमा सीमित चेल्सीका लागि क्रिस्टियन पुलिसिचले एक गोल फर्काएका थिए । निकै रोमान्चक र तनावपूर्णसमेत बनेको फाइनल खेलमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै आर्सनलले उपाधि चुमेको हो ।

खेलको पाँचौं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, २८ औं मिनेटमा आबुमियाङले पेनाल्टीमा गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ६७ औं मिनेटमा आबुमियाङले गरेको व्यक्तिगत दोस्रो गोल नै आर्सनलका लागि निर्णायक सावित भयो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट