नेपालमा कोरोना संक्रमित २० हजार बढी, एकैदिन थपिए तीन सय १५ जना-Sutra News

नेपालमा कोरोना संक्रमित २० हजार बढी, एकैदिन थपिए तीन सय १५ जना

शनिबार, १७ साउन २०७७

शनिबार, १७ साउन २०७७

काठमाडौं–नेपालमा कोरोना भाइरस संक्रमित कूल संख्या २० हजार ८६ पुगेको छ। शनिबार तीन सय १५ जना संक्रमित थपिएपछि कूल संक्रमित संख्या २० हजार ८६ पुगेको हो ।



स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विगत २४ घण्टामा देशभरका छ हजार ९ सय ९३ जनामा पिसिआर परीक्षण गरिएको जानकारी दिए ।

शनिबारसम्म ११ हजार ५ सय ३३ जना क्वारेन्टिनमा छन् भने आइसोलेनमा रहनेको संख्या पाँच हजार तीन सय ३८ छ। विगत २४ घण्टामा कोरोना निको भएर ९३ जना घर फर्किए।

अहिलेसम्म कोरोना निको भएर १४ हजार चार सय ९२ जना घर फर्किएको प्रवक्ता गौतमले जानकारी दिए। कोरोनाबाट नेपालमा शनिबारसम्म ५६ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट