टिकटकमा प्रतिबन्ध लगाउँदै अमेरिका-Sutra News

टिकटकमा प्रतिबन्ध लगाउँदै अमेरिका

शनिबार, १७ साउन २०७७

शनिबार, १७ साउन २०७७

काठमाडौं–अमेरिकाले चिनियाँ मोबाइल एप टिकटकमा प्रतिबन्ध लगाउने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार पत्रकारसँग कुरा गर्दै प्रतिबन्ध लगाउने बताएका हुन् ।



बीबीसीले लेखेको समाचार अनुसार ट्रम्पले फ्लोरिडा भ्रमणबाट फर्किने क्रममा पत्रकारसँग भने, ‘जहाँसम्म टिकटिकको प्रश्न छ, हामी त्यसलाई अमेरिकामा प्रतिबन्ध लगाउँदै छौं।’

यसका लागि आफूले आपतकालीन आर्थिक अधिकार एवं कार्यकारी आदेश लागू गर्ने विचार गरिरहेको उनले बताए। भने, ‘मलाई यसको अधिकार छ, म यसबारे शनिबार हस्ताक्षर गर्दैछु।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट