सांसद प्रदीप यादवलाई कोरोना संक्रमण-Sutra News

सांसद प्रदीप यादवलाई कोरोना संक्रमण

शनिबार, १७ साउन २०७७

शनिबार, १७ साउन २०७७

काठमाडौं- जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले आफू कोरोना संक्रमित भएको बताएका छन्। उनले आफ्नो फेसबुकमार्फत् कोरोना संक्रमित भएको पुष्टि गरेका हुन्।



‘मैले आफ्नो पीसीआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन। म आफ्नै घरमा आइसोलेसनमा बसिरहेको छु,’ उनले फेसबुकमा लेखेका छन्।

यादवले आफू चाँडै कोरोनामुक्त हुने र जनताको सेवमा फर्कने बताउँदै सबैलाई जोखिमलाई ध्यानमा राख्दै मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न सुझाएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट