देशभर २५० जना प्रहरी कोरोना भाइरसबाट संक्रमित-Sutra News

देशभर २५० जना प्रहरी कोरोना भाइरसबाट संक्रमित

शुक्रबार, १६ साउन २०७७

शुक्रबार, १६ साउन २०७७

काठमाडौं–प्रहरी मुख्यालय नक्सालमा कार्यरत २८ जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यससँगै देशभर २५० जना प्रहरी संक्रमित भएका छन् ।



सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी अधिकारीहरुमा संक्रमण पुष्टि भएको हो ।

बिहीबार साँझ र शुक्रबार बिहानसम्म गरेर थप २८ जनामा गरेर संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए ।

हालसम्म प्रहरी प्रधान कार्यालयका ७२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने देशभर २५० जना संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट