सीपीएल खेल्न सन्दीप टोबागो प्रस्थान-Sutra News

सीपीएल खेल्न सन्दीप टोबागो प्रस्थान

बिहिबार, १५ साउन २०७७

बिहिबार, १५ साउन २०७७

काठमाडौं–नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एण्ड टोबागो प्रस्थान गरेका छन्।



उनी कोरियन एअरलाइन्सको चार्टर्ड विमानमार्फत आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । त्यसतर्फ आज प्रस्थान गरे पनि उनी आइतबार मात्र ट्रिनिडाड एण्ड टोबागो पुग्नेछन्।

उनले नेपालबाट कोरिया, त्यहाँबाट अमेरिका हुँदै ट्रिनिडाड एण्ड टोबागोको हवाई यात्रा तय गर्नुपर्नेछ। त्यहाँ पुगिसकेपछि उनले १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट