सञ्चालनमा आए सौराहाका होटल-Sutra News

सञ्चालनमा आए सौराहाका होटल

बिहिबार, १५ साउन २०७७

बिहिबार, १५ साउन २०७७

चितवन–लकडाउनका कारण चार महिनासम्म बन्द भएको पर्यटकीय क्षेत्र सौराहाका होटल आजबाट सञ्चालनमा आएका छन् । सौराहामा ११० होटल सञ्चालनमा छन् ।



सरकारले साउन १५ गतेदेखि विशेष सतर्कता अपनाएर होटललगायत पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने निर्णय गरेपछि क्षेत्रीय होटल संघ सौराहाले आजबाट होटलहरु सञ्चालन गर्ने निर्णय गरेको थियो ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले बर्खाको सिजन भएकाले अपेक्षितरुपमा पर्यटक नआउने भए पनि सौराहा खुल्यो भन्ने सन्देश महत्वपूर्ण हुने बताए ।

सौराहाका व्यवसायीहरुले केही प्रतिशत छुटको अफर दिने तयारीसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट