इटालियन सिरि ‘ए’ मा एसी मिलान विजयी-Sutra News

इटालियन सिरि ‘ए’ मा एसी मिलान विजयी

बिहिबार, १५ साउन २०७७

बिहिबार, १५ साउन २०७७

एजेन्सी– इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलान विजयी भएको छ । बुधबार राति साम्पडोरियाको घरेलु मैदानमा मिलानले ४–१ गोलअन्तगरले विजयी भएको हो ।



मिलानको जितमा ज्लाटन इभ्राहिमोभिचले दुई गोल गर्दा हकान कलहानोग्लु र राफयल लियोले गोल गरे ।

घरेलु टोलीका क्रिस्टोफोर एस्किल्दसेनले एक गोल फर्काए । साम्पडोरियाको मैदानमा मिलानले खेलको चौथो मिनेटमा ज्लाटन इभ्राहिमोभिचको गोलबाट अग्रता बनाएको थियो ।

५२औं मिनेटमा हकानले मिलानका लागि दोस्रो गोल गरे । ५८औं मिनेटमा इभ्राहिमोभिचले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।

८७औं मिनेटमा क्रिस्टोफोरले गोल गर्दै साम्पडोरियाका लागि सान्त्वना गोल फर्काए । तर, दोस्रो हाफको इन्ज्युरी समयमा राफयल लियोले गोल गर्दै मिलानलाई ४–१ को जीत सुनिश्चित गराए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट