केन्द्रीय कमिटी बैठकको माग गर्दै नेकपाका १५२ जनाले बुझाए हस्ताक्षर-Sutra News

केन्द्रीय कमिटी बैठकको माग गर्दै नेकपाका १५२ जनाले बुझाए हस्ताक्षर

बुधबार, १४ साउन २०७७

बुधबार, १४ साउन २०७७

काठमाडौं- केन्द्रीय कमिटीको बैठक माग गर्दै नेकपाका १५२ जना केन्द्रीय सदस्यले हस्ताक्षर बुझाएका छन्।



स्थायी कमिटीले पार्टीको समस्या समाधान गर्न नसकेको भन्दै कार्यालय सचिव श्रीराम ढकाललाई हस्ताक्षरसहितको पत्र बुझाइएको हो।

महासचिव विष्णु पौडेललाई नै पत्र बुझाउने तयारी गरेपनि उनी कार्यालय नआएपछि कार्यालय सचिवको जिम्मा लगाएर हिँडेको हस्ताक्षरकर्ताले बताएका छन्। बैठकको माग गरिएको पत्रको दर्ता नम्बर ६३ रहेको एक नेताले जानकारी दिए।

असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक किचलोमा परिणत भएपछि केन्द्रीय कमिटी बैठकको आवश्यकता महसुस भएको हस्ताक्षरकर्ताहरूले बताएका छन्।

नेकपा विधानको धारा ५९ (४) अनुसार कमिटीका २५ प्रतिशत सदस्यहरूले लिखित माग गरेको खण्डमा केन्द्रीय कमिटी बैठक एक महिनाभित्र र मातहत कमिटीको बैठक पन्ध्र दिनभित्र बोलाउनुपर्नेछ। ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा बैठक बोलाउन ११० सदस्यको हस्ताक्षर आवश्यक पर्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट