सीपीएल खेल्न सन्दीप कोरियन एयरको चार्टर्ड विमानबाट टोबागो जाने-Sutra News

सीपीएल खेल्न सन्दीप कोरियन एयरको चार्टर्ड विमानबाट टोबागो जाने

बुधबार, १४ साउन २०७७

बुधबार, १४ साउन २०७७

काठमाडौं- क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न सन्दीप लामिछाने वेष्ट इन्डिज जाने भएका छन्।



कोरोना भारइसका कारण हवाई उडान बन्द भएपछि चार्टर्ड उडानमार्फत् सन्दीप बिहीबार ट्रिनिडाड एन्ड टोबागो जान लागेका हुन्। उनी कोरियन एयरको चार्टर्ड विमानबाट जाने बताइएको छ।

युवा तथा खेलकुद मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणको पहलमा चार्टर्ड फ्लाइटमा ट्रिनिडाड जाने तय भएको सन्दीपका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए।

अगष्ट १८ बाट सुरु हुने सीपीएलका लािग सन्दीप अमेरिका हुँदै ट्रिनिडाड एण्ड टोबागो जानेछन्। 

ट्रिनिडाड पुगेपछि सन्दीप १४ दिन आइसोलेसनमा बस्नेछन् र कोरोना परीक्षणपछि टिमसँग सामेल हुनेछन्। सीपीएल आयोजकले विदेशी खेलाडीहरु ट्रिनिडाड पुगेपछि १४ दिन बस्न र कोरोना परीक्षण अनिवार्य गरेको छ।

सन्दीप सीपीएलका लागि जमैका तलैवासमा आबद्ध छन्। उनलाई जमैकाले डेढ करोड रुपैयाँमा अनबुन्धन गरेको हो। यो सन्दीपको सीपीएलमा तेस्रो सहभागिता हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट