‘केजिएफ च्याप्टर २’मा सञ्जय दत्तको ‘फष्ट लुक’ सार्वजनिक-Sutra News

‘केजिएफ च्याप्टर २’मा सञ्जय दत्तको ‘फष्ट लुक’ सार्वजनिक

बुधबार, १४ साउन २०७७

बुधबार, १४ साउन २०७७

मुम्बई- कर्नााटक फिल्म ‘केजिएफ’को दोस्रो भाग ‘केजिएफ च्याप्टर २’मा अधिराको रुपमा अभिनय गरेका सञ्जय दत्तको ‘फष्ट लुक’ सार्वजनिक भएको छ।



बलिउड अभिनेता सञ्जय दत्तले यही फिल्ममार्फत् पहिलो पटक कर्नाटक सिनेक्षेत्रमा प्रवेश गर्न लागेका हुन्। उनले आफ्नो जन्मदिनको अवसरमा आफ्नो ट्वीटरमार्फत् ‘फष्ट लुक’को तस्बिर सार्वजनिक गरेका हुन्।

सिनेमामा प्रमुख खलनायकको भूमिकामा रहेका दत्तले तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘यो फिल्ममा काम गर्न निकै रमाइलो भइरहेको छ र मैले योभन्दा राम्रो जन्मदिनको गिफ्ट कहिल्यै पनि पाउँदिन।’ उनले चलचित्रको निर्माण पक्षलाई धन्यवाद दिएका छन्।

तस्बिरमा दत्तलाई ड्रेडलक कपालसहित अनुहार तथा टाउकोमा ट्याटु खोपिएको देख्न सकिन्छ। ट्वीटरको कमेन्टमा उनका प्रशंसकहरुले पनि यो भूमिकामा दत्तलाई निकै सुहाएको टिप्पणी गरेका छन्।

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट