सेनाद्वारा ६ सय राइफल सशस्त्र प्रहरीलाई हस्तान्तरण-Sutra News

सेनाद्वारा ६ सय राइफल सशस्त्र प्रहरीलाई हस्तान्तरण

बुधबार, १४ साउन २०७७

बुधबार, १४ साउन २०७७

काठमाडौं–नेपाली सेनाले आफूले प्रयोग गरेका ६ सय थान पुराना हतियार सशस्त्र प्रहरीलाई हस्तान्तरण गरेको छ । नेपाली सेनाका उपरथी राजेन्द्र कार्कीले सशस्त्रका एआईजी रामशरण पौडेललाई बुधबार ती हतियार हस्तान्तरण गरेका हुन् ।



सेनाले इन्सास राइफल सशस्त्रलाई दिएको सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताए । यसअघि पनि विभिन्न समयमा सेनाले सशस्त्र प्रहरीलाई पुराना हतियार दिने गरेको थियो । यसबाट सशस्त्र प्रहरीको क्षमता वृद्धिमा सहयोग पुग्ने प्रवक्ता पौडेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट