पहिरोमा पुरिएर एकै घरका ७ जनाको मृत्यु-Sutra News

पहिरोमा पुरिएर एकै घरका ७ जनाको मृत्यु

बुधबार, १४ साउन २०७७

बुधबार, १४ साउन २०७७

काठमाडौं– कालीकोटको नरहनीनाथ गाउँपालिकामा पहिरोले पुरिएर एकै घरका ७ जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडानम्बर ७ मा मंगलबार राति आएको पहिरोमा पुरिएर उनीहरूको  मृत्यु भएको हो ।



६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६१ वर्षीय श्रीमती नैना, २४ वर्षीय बुहारी कुशा, १८ वर्षीय छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम बढा र एक वर्षका चरित्र बुढाको मृत्यु भएको छ ।

घटनास्थलबाटै ६ जनाको शव निकालिएको र छोरी विमलाको उद्धार गरी उपचार गर्ने क्रममा मृत्य भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ ।

त्यसैगरी सोही गाउँपालिकाको वडानम्बर ४ मा ६५ वर्षीय बाले बुढाको घर पुरिँदा उनकी ६५ वर्षीय श्रीमती मनाको मृत्यु भएको छ ।

यसअघि सोमबार राति कालीकोटकै रास्कोट नगरपालिकामा बाढी र पहिरोमा परी ६ जना बेपत्ता भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट