सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको ९८ हजार पाँच सय-Sutra News

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको ९८ हजार पाँच सय

बुधबार, १४ साउन २०७७

बुधबार, १४ साउन २०७७

काठमाडौं– सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड राख्ने क्रममा बुधबार झन्डै एक लाख रुपैयाँ नजिक पुगेको छ। आज प्रतितोला ९८ हजार ५ सय पुगेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।



मंगलबार प्रतितोला ९८ हजार २ सयमा कारोबार भएको सुन तीन सयले बढेर नयाँ रेकर्ड कायम भएको हो । आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य १२ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतितोला १९ सय ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट