वीरगंजमा चिकित्सक, सुरक्षाकर्मी र कैदीबन्दीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि-Sutra News

वीरगंजमा चिकित्सक, सुरक्षाकर्मी र कैदीबन्दीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार, १४ साउन २०७७

बुधबार, १४ साउन २०७७

वीरगंज– वीरगंजमा १० महिला र २४ पुरुषसहित ३४ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । मंगलवार रातिको रिपोर्टअनुसार २७४ जनाको स्वाब संकलन गरी परिक्षण गर्दा ३४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । 



नारायणी अस्पतालका मेसु डा.मदनकुमार उपाध्यायका अनुसार ३४ जनामा २ वर्षदेखि ६५ वर्ष उमेर समूहका संक्रमित रहेका छन् । जसमा ५ जना बालबालिका छन्।

त्यसैगरी एक चिकित्सक, एक सैनिक, तीन जना प्रहरी, ६ जना वीरगंज कारागारका कैदीबन्दी तथा कर्मचारी र बाँकी कन्टयाक्ट ट्रेसिङ र पेड केसमा परीक्षण गराउनेहरु छन्।

संक्रमित हुनेहरु वीरुगंज वडा नम्बर ५ रोशमकोठी, वडा नम्बर ९ रानीघाट, वडा नम्बर १० आदर्शनगर, वडा नम्बर ११ श्रीपुर, वडा नम्बर १२ पावरहाउस चोक र मुर्ली, वडा नम्बर १३ राधेमाई, वडा नम्बर १५ भिस्वा, वडा नम्बर २५ श्रीसिया, वडा नम्बर ३२ बेल्वा र केही बाहिरका पनि रहेका छन् ।

संक्रमित पुरुषहरुको उमेर ४४, ६५, ४, २१, ५४, ३२, ६५, २५, ३६, २७, ३८, ४५, ५०, ४०, २२, ३६, ४२ वर्ष रहेको भने महिलाहरुको उमेर २, २, ४, ७, ३२, ३२, ६०, ४०, ५ रहेको  छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट