सिटौलाले आज सांसद पदको शपथ लिँदै-Sutra News

सिटौलाले आज सांसद पदको शपथ लिँदै

बुधबार, १४ साउन २०७७

बुधबार, १४ साउन २०७७

काठमाडौं- जनता समाजवादी पार्टीबाट प्रतिनिधिसभा सांसद बन्न लागेकी लीला सिटौलाले आज पद तथा गोपनीयताको शपथ लिने भएकी छन् । सभामुख अग्निप्रसाद सापकोटाले दिउँसो १ बजे उनलाई शपथ गराउँदै छन् ।



सिटौलालाई बुधबार दिउँसो १ बजे संघीय संसद् सचिवालयको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा शपथ ग्रहण गराउने कार्यक्रम तय भएको संसद् सचिवालयले जानकारी दिएको छ ।

पार्टी ‘ह्विप’ नमानेका कारण पार्टीको संगठित सदस्य र सांसद पदबाटसमेत हटाइएकी सरिता गिरीको ठाउँमा सिटौला नियुक्त भएकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट