इङ्ल्याण्डलाई वेष्ट इण्डिजविरूद्धको सिरिज-Sutra News

इङ्ल्याण्डलाई वेष्ट इण्डिजविरूद्धको सिरिज

बुधबार, १४ साउन २०७७

बुधबार, १४ साउन २०७७

काठमाडौं– घरेलु टोलि इंग्लाण्डले वेष्ट इण्डिजविरुद्धको तीन खेलको टेस्ट सिरिज २–१ ले जीतेको छ । म्यानचेस्टरमा मंगलबार तेस्रो तथा अन्तिम टेस्टमा वेष्ट इण्डिजलाई २ सय ६९ रनले पराजित गर्दै इंग्ल्याण्डले सिरिज २–१ ले जीतेको हो ।



ओल्ड ट्राफोर्डमा इंग्ल्याण्डले दिएको ३ सय ९९ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिज दोस्रो इनिङ्समा १ सय २९ रन जोड्दा अलआउट भयो । इंग्ल्याण्डका बलर चम्किएपछि वेष्ट इण्डिजका साई होपले सर्वाधिक ३१ रन बनाए । यस्तै जेर्मिने ब्लाकवुडले २३ तथा साम्रह ब्रुक्सले २२ रन बनाए ।

इंग्ल्याण्डका क्रिस वोक्सले ५ तथा स्टुवार्ट ब्रोडले ४ विकेट लिए । ब्रोडले यस खेलसँगै करियरको ५०० टेस्ट विकेट समेत पुरा गरेका छन् । ब्रोड यो उपलब्धि हासिल गर्ने सातौं बलर हुन् । उनले क्रेग ब्रेथवेटको विकेट लिँदै ५०० विकेट पार गरेका हुन् ।

यसअघि टस जीतेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय ६९ रन बनाएको थियो । पहिलो इनिङ्समा वेष्ट इण्डिज १ सय ९७ रनमा अलआउट भएको थियो ।

पहिलो टेस्टमा वेष्ट इण्डिज ४ विकेटले बिजयी भएको थियो । तर, दोस्रो टेस्टमा १ सय १३ रनको जीत निकाल्दै इंग्ल्यान्डले सिरिज बराबरी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट