![७.५९ अंकले घट्यो नेप्से](https://www.sutranews.com/wp-content/uploads/2020/07/1595940267-YFtjr.jpg)
![७.५९ अंकले घट्यो नेप्से](https://www.sutranews.com/wp-content/uploads/2020/07/1595940267-YFtjr.jpg)
काठमाडौं- धितोपत्र बजारमा आज सेयर कारोबार मापक नेप्से परिसूचक भण्डै आठ अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ७.५९ ले घटेर एक हजार ४५४.८९ मा झरेको छ।
यस्तै, सेन्सेटिभ परिसूचक १.६४ ले घटेर ३०५.६७ पुगेको छ। कूल १८५ कम्पनीको ३२ लाख ४७ हजार ६८ कित्ता सेयर रु एक अर्ब २५ करोड ९७ लाख ५१ हजार ५५७ मूलयमा खरिद बिक्री भए।
स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै सेयर उकालो लागेको छ। दश उपसमूहको सेयर भने ओरालो लागेको छ। वित्त ०.१२ र सामूहिक लगानी कोष ०.१४ ले बढेको छ।
बैंकिङ ६.७२, व्यापार १७.३२, होटल २.९८, विकास बैंक १२.३, जलविद्युत् ३.६३, निर्जीवन बीमा ५७.६१, उत्पादन ३८.३४, अन्य ०.९७, लघुवित्त ९.९९ र जीवन बीमा ५०.५१ ले घटेको छ। स्टकका अनुसार आज कारोबारमा आधारमा नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको रु १० करोड ३५ लाख ७६ हजार १५९ बराबरको कारोबार भयो।
यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु नौ करोड ८९ लाख २८ हजार ९०८, एनएमबी बैंक रु छ करोड ४१ लाख ९१ हजार ४५६, एनआइसी एसिया रु पाँच करोड ६२ लाख ७० हजार ४०, हिमालयन डिस्टिलरी रु पाँच करोड ४५ लाख ९१ हजार ३५९, एनआइसी एसिया लघुवित्त रु चार करोड ९४ लाख ७८ हजार ७९० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे।
स्टकका अनुसार मिर्मिरे माइक्रो फाइनान्स ९.९४, जोशी हाइड्रोपावर ९.०९, मल्टीपर्पोज फाइनान्स ५.५६, हिमालयन पावर पार्टनर ५.३०,एनआइसी एसिया ब्यालेन्स फण्ड ४.२८ र श्री इन्भेस्टमेन्ट फाइनान्सका लगानीकर्ताले ३.९२ प्रतिशतले कमाए।
यस्तै, पोखरा फाइनान्स ५.०३, नेपाल हाइड्रो ३.०१, तिनाउ मिशन डेभलपमेन्ट बैंक २.८६, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर २.८५ र हिमालयन जनरल इन्स्योरेन्सका शेयरधनीले २.५७ प्रतिशतले गुमाए।