आजको स्थायी कमिटी बैठकमा को को सहभागी थिए ? हेर्नुस् सूची-Sutra News

आजको स्थायी कमिटी बैठकमा को को सहभागी थिए ? हेर्नुस् सूची

मंगलबार, १३ साउन २०७७

मंगलबार, १३ साउन २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एक्लौटीरुपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना पक्षधर नेताहरु सम्मिलित बैठक सुरु गरेका थिए।



बैठकमा प्रचण्डले पार्टीभित्रको पछिल्लो राजनीतिक घटनाक्रमबारे नेताहरुलाई ब्रिफिङ गरेका थिए। बैठकपछि नेताहरुले विवाद समाधान गर्न प्रचण्डलाई जिम्मा दिएका थिए।

पार्टी र सरकारको समन्वय, शक्तिको बाँडफाँट, एकताका बाँकी काम, एमसीसी सम्झौता अनुमोदनलगायत बैठकमा छलफलका लागि राखिए पनि पार्टीको आन्तरिक विवादको विषयमा मात्र छलफल भएको स्थायी समिति सदस्य भीम आचार्यले जानकारी दिए।

बैठकमा पुष्पकमल दाहाल, माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, गणेश शाह, गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्द्धन शर्मा, देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, वर्षमान पुन, भीम प्रसाद आचार्य, मातृका प्रसाद यादव, मणि थापा, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, योगेश भट्टराई, रघुजी पन्त, रघुवीर महासेठ, वेदुराम भुसाल, शक्ति बस्नेत, सुरेन्द्र पाण्डे र हरिबोल गजुरेल सहभागी थिए।

प्रचण्ड पक्षधरका रामबहादुर थापा भने अनुपस्थित रहेका थिए। आचार्यका अनुसार ४४ मध्ये २९ जना स्थायी समिति सदस्यहरु बैठकमा सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट